११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


ठमेलको छायाँ सेन्टरको मुद्दाको फैसला मिति सर्‍यो


13
Shares

काठमाडौं । काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको मुद्दाको फैसला सुनाउने मिति फेरि सरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय साराङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको ईजलासमा भईरहेको सुनुवाई सकिएकाले आजका लागि निर्णय सुनाउने भनिएकोमा थियो ।

रिट निवेदक दिपक मिश्रले आगामी पुष ४ गतेका लागि पेशी तोकिएको जानकारी दिएका छन् । इजलासले गत कात्तिक १४ गते बहस टुङ्ग्याउँदै बहस नोट पेस गर्न आदेश गरेको थियो । १५ थान मुद्दामा न्यायाधीशद्वय सुवेदी र ढुङ्गानाको इजलासमा कात्तिक ७ गतेदेखि निरन्तर सुनुवाइ भई कात्तिक १४ गते बहस टुङ्ग्याएको थियो ।

अधिवक्ता मिश्रले २०७१ साल बैशाखमा सरकारी जग्गा अतिक्रमण गरी छायाँ सेन्टर बनाइएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।