
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज चितवन र लुम्बिनी तथा कर्णाली र पोखरा भिड्दैछन् ।
त्रिवि क्रिकेट मैदान किर्तीपुरमा हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् । तालिकाको तेस्रो स्थानमा रहेको चितवन आजको खेल जित्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ । लगातार चार खेल हारेर समुह चरणबाटै बाहिरिने निश्चित भइसकेको लुम्बिनी भने आजको खेल जित्दै अंकको खाता खोल्न चाहन्छ ।
आज हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्नेछन् । कर्णाली आज पाँच खेलमा तेस्रो जितको खोजीमा छ भने पोखरा चार खेलमा तेस्रो जीतको खोजीमा छ ।
एनपिएल क्रिकेटमा चार खेलबाट आठ अंक जोडेकमे जनकपुर शीर्ष स्थानमा रहँदा समान खेलबाट ६–६ अंक जोडेका सुदुरपश्चिम रोयल्स र चितवन राइनोज क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । चौथो स्थानको कर्णालीको चार खेलबाट चार अंक छ ।
प्रतिक्रिया दिनुहोस्