
काठमाडौं । सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि पर्सा पु¥याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान लिइँदैछ । सरकारी वकिलको कार्यालय पर्सामा आजबाट औपचारिक बयान शुरु भएको हो ।
बयान सकिएपछि लामिछानेलाई फेरि कास्की पठाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सोमबार पोखराबाट हवाई मार्ग हुँदै काठमाडौं ल्याएर सिमरा पुर्याएपछि गाडीबाट वीरगञ्ज लगिएको हो ।
लामिछानेमाथि सानो पाइला बचत सहकारीको झण्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको उजुरी परेपछि पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्