२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सुन प्रतितोला दुई हजारले बढ्यो


1.911k
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा दुई हजार वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार दुई सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि मङ्गलबार सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपियाँमा किनबेच भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार नौ सय २५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।