
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । बिहीबार बस्ने भनिएको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएकाले बैठक आज बस्न लागेको हो ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ । बैठकमा आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्