
काठमाडौं । सभामुख देवराज घिमिरेले विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान भएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
सभामुख घिमिरेले विद्यालय क्षेत्रलाई नै खेलकुदको महत्वपूर्ण क्षेत्र बनाएर जानुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय आफ्ना सन्तानलाई खेलकुदमा लगाउने अभिभावकहरु बढ्दै गएको बताउनुभयो ।
सभामुख घिमिरेले खेलाडी उत्पादनमा निजी विद्यालयहरुको भुमिका अग्रणी रहेको बताउनुभयो । उहाँले खेलकुदका भौतिक पूर्वाधार निर्माण गरेर विद्यार्थीलाई आकर्षित गर्न जरुरी रहेको बताउनुभयो ।
सभामुख घिमिरेले खेलकुदलाई राज्यले पनि महत्वका साथ लिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्