२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै


0
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आइतबार पनि बस्दैछ । बैठक दिउँसो १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुरु हुनेछ ।

गत बुधबारदेखि शुरु भएको बैठकमा शनिबारसम्म पार्टीको कार्यादेशसम्बन्धी छलफल भएको थियो । आज केन्द्रीय सदस्यको कार्यविभाजनसम्बधी छलफल शुरु हुने बताइएको छ ।

अहिलेसम्म १८ नेताले धारणा राखेका छन् भने अब अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालसहित ८ जनाले विचार राख्ने जनाइएको छ ।

जारी बैठकमा विशेषगरि पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण, राजनीतिक चुनौतीको सामनालगायत विषयमा छलफल भइरहेको छ । शनिबार नै सक्ने भनिएको बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएकाले आइतबार पनि बैठक बस्दैछ ।