२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दुर्घटनामा बाबु छोरीको मृत्यु, श्रीमती र छोरा घाइते


0
Shares

बर्दिया । बर्दियाको गुलरियामा भएको सडक दुर्घटनामा परेर बाबु छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी जिल्ला रुपनी गाउँपालिका १ घर भइ हाल गुलरिया नगरपालिका ६ बस्ने ३७ वर्षीय राम कुमार शाह र उनकी ६ वर्षीया छोरी विद्या शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो गुलरिया नगरपालिका ६ पुरानो ट्राफिक कार्यालयस्थित हुलाकी सडक खण्डमा गुलरियादेखि भादापुल तर्फ शाह आफैले चलाउँदै गरेको बा ६८ प ७०३६ नं. को स्कुटरले रोकी राखेको म १ त १०६२ नंम्बरको ट्रयाक्टरको पछाडी ट्रलीमा ठोकिएर दुर्घटना भएको जिल्ला टाफिक कार्यलय गुलरियाका प्रहरी हवल्दार कृष्ण डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्कुटीमा एकै परिवारका ४ जना सवार थिए । शाहकी श्रीमती ३२ वर्षीया रुवी साहको निधारमा चोट लागेकोे छ । यस्तै छोरा २ वर्षीय प्रिन्स साहलाई केही पनि नभएको डाँगीले बताउनुभयो । घाइते श्रीमती र छोराको बर्दिया अस्पतालमा उपचार भइरहेको छ भने ट्रयाक्टर प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।