
काठमाडौं । यस साताको पहिलो कारोबार दिन सोमबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ ।
बिहान बजार खुलेदेखि नै ओरालो लागेको बजार ५१ अंक बढीले घटेपछि नेप्से २६ सय ३० को विन्दुमा झरेको छ ।
नेप्सेमा रहेका सबै उपसूचकहरु सोमबार ओरालो लागेका छन भने वित्त उपसमूह सर्वाधिक ४ प्रतिशत बढीले घटेको छ ।
यस्तै, व्यापार उपसमूहमा ३ प्रतिशत बढीले ओरालो लाग्दा विकास बैक, होटल तथा पर्यटन समूहमा दुई प्रतिशत बढीको गिरावट आएको छ । अरु उपसमूहहरुमा पनि १ प्रतिशतमाथिको गिरावट आएको छ । घटेको बजारमा पनि कुथेली बुखरी हाइड्रोको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । तर जनकपुर फाइनान्सको शेयर मूल्य सर्वाधिक ९ दशमलव ५८ प्रतिशतले घटेको छ ।
२ सय २७ कम्पनीको शेयर मूल्य घटेको बजारमा जम्मा १५ कम्पनीको मात्र बढेको छ । सोमबार ३ सय ४ कम्पनीको १ करोड २७ लाख कित्ता शेयर ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बढीमा किनबेच भएको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टचर कम्पनीको सर्वाधिक २६ करोड ४५ लाख ९० हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्