५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


ललितपुर महानगरपालिकाद्धारा वार्षिक कार्य विवरण सार्वजनिक


0
Shares

काठमाडौं । ललितपुर महानगरपालिले वर्षभरी गरिएका कार्य विवरण सार्वजनिक गरेको छ ।

ललितपुर महानगरपालिकाको १०६ औ स्थापना दिवसको पूर्व सन्ध्यामा नगर प्रहरी र ललितपुर नगरपालिकाको समन्वयमा आयोजना गरिएको अदृश्य कामहरु दृश्यमा नामक बृतचित्र मार्फत कार्य विवरण प्रस्तुत गरिएको थियो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, ललितपुर प्रहरी परिसरका प्रमुख, ट्राफिक प्रमुख र विशेष गरी नगर प्रहरीहरुको उपस्थिती रहेको थियो । बृतचित्रमा बिपत ब्यवस्थापन, सरसफाई, ट्राफ्रिक ब्यवस्थापन, आगलागी नियन्त्रण, ढुंगेधारा सरसफाई लगाएतका कार्यमा ललितपुर महानगर र महानगर प्रहरी बल ललितपुर सक्रिय रुपमा लागेको दृश्य प्रस्तुत गरिएको थियो ।

सोही क्रममा ललितपुर महानगरपलिका मेयर चिरीबाबु महर्जनले ललितपुर जिल्लालाई स्मार्ट सिटीको रुपमा परिचित गराउन सफल भएको भन्दै आगामी दिनमा कुनै पनि आगलागी र बिपत व्यवस्थापनका लागि थप कार्ययोजना ल्याउने धारणा व्यक्त गर्नुभया । सोही क्रममा विभिन्न वडाका वडाध्यक्षहरुले आ–आफनो धारणा व्यक्त गरेका थिए ।