
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेले व्यावसायी मीनबहादुर गुरुङबाट कार्यालय भवन बनाउन जग्गादान लिएको रिट निवेदन खारेज गरेको छ ।
न्यायाधीश अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेज गर्ने फैसला गरेको हो ।
इजलासको सो फैैसलाले दानमा एमाले पार्टी कार्यलय निर्माण गर्ने बाटो खुला गरिदिएको छ । अधिवक्ता ज्ञानबहादुर बस्नेतले विवादित व्यावसायी गुरुङबाट जग्गा दानमा लिने निर्याण विरुद्ध रिट दायर गरेका थिए ।
गत कात्तिक १२ गते न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले जग्गा दानमा लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । गत असोज २५ गते व्यापारी गुरुङले कीर्तिपुरमा कार्यालय भवन निर्माणका लागि करिब ११ रोपनी जग्गादान दिएका थिए भने भवन निर्माणको जिम्मा पनि उनै व्यापारी गुरुङले लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्