१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेचन झा र प्रतिक थापालाई थुनामा पठाउन आदेश


0
Shares

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरण्मा मुछिएका बेचन झा र प्रतिक थापालाई पुर्पक्षकालागि थुनामानै पठाउने आदेश गरेको छ ।

गत बिहीबारको न्यायाधीश अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै थुनामानै पठाउने आदेश गरेको हो ।

गत भदौ २ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेपछि उनीहरुले गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उनीहरुमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध, संगठित अपराधको आरोप छ ।