
फाइल तस्बिर
काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
पछिल्लो पटक थप गरेको ५ दिनको म्याद सकिएपछि आज जिल्ला अदालत कास्कीमा उपस्थित गराई थप चार दिन म्याद थपिएको हो ।
उनीविरुद्ध पुस ५ मा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुनाले पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदै छ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको मितिले पुस ५ मा ९० दिन पुग्छ । लामिछानेलाई जोशी पक्राउ परेकै मितिबाट म्याद मिलान गरिएको छ ।
आज उनलाई ४ दिन हिरासतमा राख्न अदालतमा अनुमति माग गरीएको हो ।
प्रतिक्रिया दिनुहोस्