
काठमाडौं । सोमबार भारी अंकले गिरावट आएको बजारमा मंगलबार भने सामान्य सुधार आएको छ ।
सोमबारको तुलनामा कारोबार रकम भने उल्लेख्य मात्रामा घटेको छ । दिनभरको उतार चढावकाबीच करिब ३ अंकले बढेको बजारमा ८ वटा उपसुचक हरियो बन्दा ५ वटा उपसुचक रातो रहे ।
सर्पोट माइक्रोफाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा कुथेली बुखरी साना जनविद्युतको शेयर मूल्यमा भने नकारात्मक सर्किट लाग्यो । मंगलबार ३ सय १८ कम्पनीको ८९ लाख बढी कित्ता शेयर ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँमा किनबेच भएको छ ।
१ सय १७ कम्पनीको शेयर मूल्य बढ्दा १ सय १७ वटाकै शेयर मूल्य घटेको छ । कारोबार रकमका आधारमा आज जानकी फाइनान्सको सर्वाधिक २२ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्