१८ चैत्र २०८१, सोमबार | Tue Apr 1 2025


आजबाट मनकामना केबलकार सुचारु


0
Shares

काठमाडौं । मनकामना केबलकार आजबाट सुचारु भएको छ ।

दुई दिनमा टावर मर्मत सम्भार गर्ने कार्य सम्पन्न भएकाले आज (बुधबार)बाट पूर्ण रूपमा मनकामना केबुलकार सञ्चालनमा ल्याइएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना केबलकारको टावर मर्मत र स्तरोन्नति कार्य गर्नु पर्ने भएका हुँदा पुस १ गतेदेखि पुस २ गतेसम्म दुई दिन मनकामना केबलकार बन्द गर्नु परेको बताइएको छ ।

२६ वर्षअघि (२०५५ साल)बाट सञ्चालनमा आएको मनकामना केबुलकारको पुरानो प्रविधिलाई प्रतिस्थापना गरेर हाल प्रचलित आधुनिक प्रविधि जडान गरि स्तरोन्नति गरिए पनि टावरको मर्मत कार्य गरिएको मनकामना केबलकार प्रालिले जनाएको छ ।

मनकामना केबुलकार दुई दिन बन्द हुँदा नागरिकमा पर्न गएको असुविधाप्रति मनकामना दर्शन प्रालिले क्षमा याचनासमेत गरेको छ ।