
काठमाडौं । मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।
आज बिहान ७.३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
यसअघि बझाङको धामेना आसपास केन्द्र बनाएर बुधबार ४.१ म्याग्निच्युड र मंगलबार ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस्