
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार उच्च अंकले घटेर बन्द भएको छ ।
बजार खुलेदेखि नै ओरालो लागेको नेप्से ३१ दशमलव ४३ अंक घटेर २५९६ दशमलव ८२ विन्दुमा झरेको छ ।
नेप्सेमा रहेका १३ वटै उपसमूह आरालो लाग्दा ब्यापार उपसमूह सर्वाधिक २ दशमलव ७३ प्रतिशतले घटेको छ ।
घटेको बजारमा पनि सपोर्ट लघुवित्तको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ भने नारायणी डेभलपमेन्ट बैंक सर्वाधिक ९ दशमलव २१ प्रतिशतले घटेको छ ।
बिहीबार ३१० वटा स्टकको ९८ लाख ३२ हजार कित्ता शेयर ४ अर्ब ७६ करोड २ लाख ६७ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।
कारोबार रकमको आधारमा जानकी फाइनान्सको सर्वाधिक १७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्