२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संघीयता कार्यान्वयनमा जोड दिन सभामुखको आग्रह


169
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयताको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको स्मारिका विमोचन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संघीयता कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनुभएको हो ।

सभामुख घिमिरेले अहिले संघीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढिरहेको भन्दै संघीयताको सही कार्यान्वयन आवश्यक भएको बताउनु भयो । उहाँले संघीयतासँग सम्बन्धित निकायहरुलाई बलियो पार्ने कानून बनाउनेदेखि लिएर व्यवहारमा कार्यान्वयन गरेर जानुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।

सभामुख घिमिरेले कानून र बुझाइको क्षमताको अभावका कारण संघीयता कार्यान्वयन हुन नसकिरहेको बताउनुभयो । उहाँले संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारले एक भएर काम गर्न जरुरी रहेको बताउनुभयो ।

सभामुख घिमिरेले संविधान संशोधनमा आफ्नै तर्कहरुबाट संघीयता सम्बन्धी बहस छेड्ने कोशिस भइरहेको बताउनुभयो ।