
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदुत सलाहुद्दिन नोमन चौधुरीले शुक्रबार बिदाई भेट गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान दिएकामा राजदुत चौधुरीलाई धन्यवाद दिनुभयो ।
प्रधानमन्त्री ओलीले बङ्गलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गर्नुभयो । राजदुत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बङ्गलादेशले शिक्षा लिँदै आएको अवगत गराउनुभयो ।
भेटमा दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । राजदुत चौधुरी सरुवा भइ नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्