८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सिनामंगलमा टाटासुमोको ठक्करबाट महिलाको मृत्यु


0
Shares

काठमाडौं, असार ६ । मंगलबार राति सिनामंगलमा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

दोलखा स्थायी घर भइ हाल सिनामंगलमा बस्दै आएकी ४७ वर्षीया गोमा भुजेलको पैदलयात्राकाक्रममा सिनामंगलस्थित प्रहरीचौकीनजिकै ना१ज ४२५० नम्बरको टाटासुमोले राति करिब १० बजे ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भुजेललाई उपचारका लागि स्थानीय काठमाडौं मेडिकल कलेज लगिएकामा उपचारकाक्रममा राति १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारी–साधन र चालक सानेपा चौकीस्थित प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । रासस