७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


२८ अंकले बढ्यो शेयर बजार


247
Shares

काठमाडौं । पछिल्ला तीन कारोबार दिन लगातार घटेको शेयर बजार सोमबार भने उकालो लागेको छ ।

दिनभरको उतार चढावकाबीच नेप्से सोमबार २८.९१ अंकले बढेर २६१२ को विन्दुमा पुगेको छ । बजार बढे पछि आज कारोबार रकम भने घटेको छ ।

सोमबार ३२८ वटा स्टकको ८९ लाख ८ हजार कित्ता शेयर ४ अर्ब ४३ करोड २४ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । सपोर्ट लघुवित्त, सुपर मादी हाइड्रोपावर र बाराही हाइड्रोपावरको शेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा रहेका उपसमूहहरु मध्ये आज म्युचुअल फण्ड बाहेक सवै उपसमूह सकारात्मक बनेका छन् भने जलविद्युत उपसमूह सर्वाधिक २ दशमलव ६५ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा सोमबार जानकी फाइनान्सको सर्वाधिक १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।