३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


माओवादी केन्द्रले माग्यो सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा


1.807k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा माओवादी केन्द्रले सभापति पोखरेलको राजीनामा माग गरेको हो ।

सार्वजनिक लेखा समिति सरकारको चेक एण्ड ब्यालेन्स गर्ने निकाय भएकाले समिति सभापति प्रतिपक्षको हुनुपर्ने माग गरेको हो ।

समिति बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गर्नुभयो । सांसद मोदीले समिति भ्रष्टाचार,कुशासन र बेथितिको छायाँजस्तो देखिएको आरोप लगाउनु भयो । उहाँले समिति सभापति आफै र परिवारका सदस्यमा समेत धेरै नकारात्मक प्रश्नहरु उठेको भन्दै तत्काल सभापतिमा मार्गप्रशस्त गरिनुपर्ने बताउनुभयो ।

सांसद मोदीले सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने समितिका सभापतिविरुद्ध नै आर्थिक लेनदेनको कुरा उठेकाले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीका बारेमा सभापति पोखरेल र परिवारमाथि पनि प्रश्न उठेकाले समितिमा सभापतिको जवाफ माग गर्नुभयो ।