
काठमाडौं । काठमाडौंको सुन्धारामा नवनिर्मित धरहराबाट सरकारले एक महिनामा ५५ लाख रुपैयाँ शुल्क आर्जन गरेको छ ।
गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट सोमबार सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको हो ।
धरहरा आयोजना निर्देशक प्रकाश अर्यालले प्रत्येक बुधबार धरहरा बन्द हुने र अन्य दिन दैनिक एक हजार दुई सयले धरहरा चढ्ने गरेको जानकारी दिनुभयो । धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ ।
विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका नागरिकलाई प्रतिव्यक्ति एक हजार शुल्क तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्