
काठमाडौं । सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धीकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान सुरु भएको छ ।
जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा बिहीबार दिउँसोदेखि लामिछानेको बयान सुरु भएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोप लागेका अर्का प्रतिवादी लीला पछाईंको बयान सकिएलगत्तै लामिछानेको बयान सुरु भएको हो । लामिछानेपछि रामबहादुर खनाल र देवकुमार नेपालीको बयान गराइने छ ।
ूर्व डीआइजी छविलाल जोशीको यस अघि नै बयान भईसकेकाले भोलिसम्ममा सबैको बयान सक्ने र आइतबारदेखि थुनछेक बहस अघि बढाउने अदालतको तयारी रहेको छ । सूर्यदर्शन सहकारी ठगीमा लामिछानेसहित ३१ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध १ अर्ब ५१ करोड ४० लाख बढी बिगो कायम गरिएको छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्