८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


शेयर बजारमा झिनो अंकको वृद्धि


0
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा झिनो अंकको वृद्धि आएको छ ।

दिनभरको उतार चढावकाबीच अन्तिममा नेप्से ४ दशमलव १९ अंकले बढेर २६ सय ३० को विन्दुमा पुगेको हो ।

नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये चार वटा उपसमूह बढेका छन् भने नौ वटा उपसमूह घटेका छन् । बिहीबार ३१० वटा स्टकको २ करोड नौ लाख कित्ता शेयर ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।

आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रो फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर कर्पोरेट विकास बैंक, नारायणी विकास बैंक, सिन्धु विकास बैंक र जोशी हाइड्रोको शेयर मूल्यमा भने नकारात्मक सकिर्ट लागेको छ ।

कारोबार रकमका आधारमा बिहीबार प्रभु बैंकको सर्वाधिक ५० करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।