
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणलगायतका अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राइको इजलाशमा हिजो र आज दुई दिन लगाएर लामिछानेको बयान लिइएको हो ।
रविको बयान लिएलगत्तै आजै लीला पछाईको पनि बयान लिइएको अदालतले जनाएको छ । आइतबार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, सहकारीका पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक ललितबहादुर गुरूङ र पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान लिइने छ । सबै प्रतिवादीहरूको बयान सकिएपछि थुनछेकको बहस शुरु हुनेछ ।
रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगी, संगठीत अपराध, सम्पति शुद्धीकरणलगायतका अभियोगमा मुद्दा चलाइएको हो ।
प्रतिक्रिया दिनुहोस्