
काठमाडौं । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ ।
शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।
शनिबार बिहान सदरमुकाम सिमकोटमा ४ इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा २ फिटसम्म हिउँ परेको बताइएको छ ।
हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताउनुभयो । यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्