
काठमाडौं । श्रीलङ्काका लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर नेपालीको नाम आज सर्वसम्मत अनुमोदन भएको छ ।
आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले नेपालीलाई श्रीलङ्काको आवासीय राजदूतमा अनुमोदन गरेको हो । बैठकपछि समिति सभापति ईश्वरीदेवी न्यौपानेले समितिले सर्वसम्मत रुपमा नेपालीको नाम अनुमोदन गरेको जानकारी दिनुभयो ।
यसअघि गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय समितिले प्रस्तावित राजदूतको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्