७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


चार संसदीय समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोवासका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै सवा २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरुसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिले मिति २०८१/०५/११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्थाका सम्बन्धमा छलफल हुनेछ ।