
काठमाडौं । एमालेबाट निष्कासनमा परेका डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । आफ्ना भनाइ राख्न र भावी योजनाबारे जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।
एमालेले कारवाही गरेपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहनुभएको छ । सो विषयमा आज पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्दै भावी कार्य योजनाका बारेमा समेत जानकारी दिनुहुने बताइएको छ । पत्रकार सम्मेलन आज दिउँसो १ बजे कार्की ब्याङकेटमा हुने जनाइएको छ ।
गत पुस १० गते बसेको एमालेको सचिवालय बैठकले रावललाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । रावल एमालेमा झण्डै पाँच दशक सक्रिय रहनुभएको थियो ।
२०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्नुभएका रावल त्यसपछि पार्टीमा निष्किृय रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्