२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु


195
Shares

काठमाडौं । बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्घटनामा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको हो ।

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाँदै गर्दा धमेनानजिकै से १ ज ८४३ नम्बरको जीप दुर्घटना भएको बझाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

जीपका चालक केदारस्यूँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उहाँका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै मृत्यु भएको हो । धामीकै नातिनी ६ वर्षीया आकृतिको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।