२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमसीसीका लागि अमेरिकाले पाँच करोड डलर थप गर्‍यो


2.379k
Shares

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बोर्डले नेपालमा दिने अनुदानमा ५ करोड अमेरिकी डलर थप गरेको छ । एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले पाँच करोड डलर थपको प्रस्ताव स्वीकृत गरेको हो । अमेरिकी संसद्लाई एमसीसीले नेपाललाई अनुदान सहयोग वृद्धि गर्न चाहेको बारे सूचना दिएको थियो ।

यसअघि अमेरिकाले ५० करोड डलर दिएको थियो भने यसमा नेपालले १९.७ करोड डलर हालेर उच्च स्तरको प्रसारण लाइन निर्माण गरिँदैछ ।

नेपालको प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले ५५ करोड अमेरिकी डलर अनुदान दिएको हो । पाँच वर्ष रहेको यसको म्याद २०८० साल भदौ १३ गतेदेखि शुरु भइसेकेको छ ।

बिहीबार बसेको एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले नेपाल कम्प्याक्टका लागि थप ५० मिलियन डलर अनुदान थप्ने प्रस्ताव अनुदान स्वीकृत गरेको हो ।