
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय सेवा ग्रामिण क्षेत्रसम्म पुगे पनि परिणाम चित्तबुझ्दो नभएको बताउनुभएको छ ।
शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।
उद्योगमन्त्री भण्डारीले नेपालमा ७५३ स्थानीय तहमा बैंकिङ पुहँचमा पुग्यो भनेर तथ्याङ्कमा मात्रै रमाउन नहुने बताउनुभयो । उहाँले पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगे पनि बैंकहरुले प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्नुभयो ।
उद्योगमन्त्री भण्डारीले बैंकहरुले स्थानीय तहमा गरेको कामको परिणाम राम्रो नभएको गुनासो गर्नुभयो । उद्योगे मन्त्री भण्डारीले स्थानीय तहका बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक अन्य सम्भावना भएको क्षेत्रमा काम गर्न नसकेको बताउनुभयो ।
उद्योगमन्त्री भण्डारीले स्थानीय तहमा पुगेका बैंकहरुले स्थानीय तहमा भएका सम्भावनाको खोजी गर्न नसकेको दाबी गर्नुभयो । उहाँले सरकारको निर्देशन अनरुप स्थानीय तहमा बैंकहरु पुगेपनि आयोजनाको बजेट भुक्तानी,सामाजिक सुरक्षा भत्ता, शिक्षक, स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलव भत्ता बाडेर मात्रै बैंकिङ पहुँच सुदृढ नहुने बताउनुभयो ।
उद्योगमन्त्री भण्डारीले बैंक तथा वित्तीय संस्थाहरु सम्भावनाको खोजीमा भन्दा पनि अन्तै बरालिँदै आएको बताउनुभयो । उहाँले स्थानीय तहमा पुगेका बैंकहरुले पनि जल ,जङ्गल, जमिन, खानी, उद्योगका सम्भावनालाई खोज्न जरुरी रहेको बताउनुभयो । उहाँले अहिले मानिसहरु पहाडबाट तराई र तराईबाट राजधानी झर्ने र राजधानीबाट विदेश पलायन हुने अवस्था रहेको भन्दै त्यसलाई र्फकाउनु पर्ने अवस्था रहेको बताउनुभयो ।
उद्योगमन्त्री भण्डारीले वित्तीय क्षेत्रमा अहिलेसम्म भएको उपलब्धी प्रमुख राजनीतिक दलहरुको रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारसँगस निजी क्षेत्र, बैंकर्स र उद्योगी व्यवसायीहरुले खाजेको नीतिगत सुधारको अपेक्षा देखिएको बताउनुभयो । उहाँले विगतमा बनाएका विद्यमान नीतिहरु अहिले बाधक भएकाले सुधारको आवश्यकता सरकारले महशुस गरिरहेको उल्लेख गर्नुभयो ।
उद्योगमन्त्री भण्डारीले मुलुकभित्र लगानी र कर्जा प्रवाह किन एक जनाले कर्जा तिर्दिन भन्यो भनेर डराएर बस्न नहुने बताउनुभयो । उहाँले सरकारले बैंकको कर्जा लिइदिएकाले बैंकहरु ढुक्क भएर बसेको बताउनुभयो । बैंकहरुले जोखिम मोल्न नचाहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्