
काठमाडौैं । अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देखिन्थ्यो । मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे। साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनुपर्थ्यो ।
सौराहाका कुनाकुनासम्मका होटल भरिभराउ हुन्थे ।
यस वर्ष अवस्था फरक देखियो। सौराहामा पर्यटकको आगमन भए पनि विगतको जस्तो खचाखच हुन सकेन । नयाँ वर्षको दुई दिन पहिलेदेखि दुईदिन पछिसम्म होटलमा पर्यटकको राम्रो उपस्थिति हुन्थ्यो । विगत १४ वर्षदेखि प्रत्यक्षरूपमा पर्यटन व्यवसायमा लागेका क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष सुमन घिमिरे आफूले पेसा अँगालेपछिको नयाँ वर्षमा सबैभन्दा कम पर्यटक यस वर्ष आएको बताउँछन् । व्यवसायीको भनाइमा यो वर्ष ८० प्रतिशतभन्दा बढी कोठा भरिएका थिएनन् ।
घिमिरेको भनाइमा सडक सञ्जालका कारण पर्यटकको आगमनमा कमी भएको हो । काठमाडौंबाट आउने पर्यटक दिनको समयमा राजमार्ग बन्द हुने भएकाले रोकिए । यस्तै पोखरा र बुटवलतर्फबाट आउनेहरू बाटो सहज नहुँदा आउन अनिच्छुक देखिए । ‘सडकसँगै आर्थिक मन्दी र यहाँ नयाँ कार्यक्रम नहुँदा पर्यटकको कमी भएको हुनुपर्छ,’ घिमिरेले भन्नुभयो ।
केही दिन अगाडिसम्म हात्ती महोत्सव भए पनि नयाँ वर्षका दिन खासै ठूलो कार्यक्रम हुन सकेन । सौराहा क्षेत्रमा साँझमा घुमेर फर्किने आन्तरिक पर्यटकको संख्या राम्रै देखिए पनि होटलमा बस्नेहरूमा कमी आएको भनाइ छ ।
होटल जंगल क्राउनका महाप्रबन्धक सन्तोष गिरी बालबालिकाको परीक्षाको कारण पनि पारिवारिक घुमघाम कम भएको अनुमान गर्र्नुहुनछ । कार्यक्रम राखिएका होटलमा पर्यटक भरिए पनि धेरै होटलले पाहुना कम भएको गुनासो गरेको उहाँले बताउनुभयो ।
विगतका वर्षहरूको तुलनामा यस वर्ष पर्यटकमा कमी आएको उहाँको भनाइ छ ।
सौराहा आउने पर्यटकको मुख्य रोजाइ जंगल सफारी नै हो । हात्ती सफारी गराउँदै आएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा नयाँ वर्षमा पनि पर्यटकको सङ्ख्यामा कमी आएको बताउनुहुनछ ।
प्रतिक्रिया दिनुहोस्