
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको छ ।
शनिबारबाट काठमाडौंको एक होटलमा सुरु भएको केन्द्रिय समितिको बैठकले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको हो ।
बैठक आजबाट सुरु भएको र आइतबारसम्म सञ्चालन हुने पार्टीका सांसद गणेश पराजुलीले बताउनुभयो । उहाँकाअनुसार बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषयका बारेमा पनि छलफल हुनेछ ।
साथै पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक दलहरुबाट आक्रमण भएको (प्रतिशोध साँधिएको) बारेमा पनि छलफल हुने बताइएको छ । जनपक्षिय मुद्दालाई सशक्त रुपमा अघि बढाउनेबारेमा पनि छलफल हुने बताउनुभयो । संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा पनि छलफल हुने बताउनुभयो ।
पार्टीको केन्द्रिय समितिको बैठक आइतबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्