२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि बस्दै


182
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आजदेखि बस्ने भएको छ । बैठक आइतबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो । केन्द्रीय कमिटी बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गर्ने र त्यसलगत्तै प्रस्तुत प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।