२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


सुनको मूल्य तोलामा १५ सय रुपैयाँ घट्यो


5.694k
Shares

काठमाडौं । सुनको मूल्य आज घटेको छ । सुनको मूल्य आइतबार प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।