
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
यातायात व्यवस्था विभागले आजैदेखि लागू हुने गरी देशभर यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडादर बढाएको हो ।
यात्रुबाहक सवारी साधनको ३ दशमलव ३० प्रतिशतले बढाइएको छ । यस्तै पहाडी क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा शून्य दशमलव ८१ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा शून्य दशमलव ०५ प्रतिशतले बढाइएको विभागले जनाएको छ ।
दुई वा सोभन्दा बढी प्रदेश हुदै सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको तर्क छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले यही पुस ११ गते भाडादर बढाउन सहमति दिएपछि विभागले भाडादर बढाएको हो । डिलक्स यात्रुबाहक सवारी साधनलाई भने तोकिएको भाडादर भन्दा २० प्रतिशत बढी लिन छुट दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्