२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजारमा सामान्य वृद्धि


117
Shares

काठमाडौं । सोमबार उच्च अंकले बढेको शेयर बजार मंगलबार भने सामान्य अंकले मात्रै बढेको छ ।

दिनभरको उतार चढावका बीच ६ अंकले बढेर नेप्से २६ सय ४६ विन्दुमा पुगेको हो ।

बाणिज्य बैक, होटल तथा पर्यटन, उत्पादन र अन्य समुहमा सामान्य अंकको गिरावट आउदा वित्त समूहमा सबैभन्दा बढी २ प्रतिशत माथिको वृद्धि आयो । अरु उपसमूह भने सामान्य अंकले नै बढेका छन् ।

मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर आत्मनिर्भर लघुवित्त.र डोल्टी पावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

१ सय २६ कम्पनीको शेयर मूल्य बढ्दा १ सय २ वटा कम्पनीको मूल्य भने घटेको छ । एक करोड २० लाख कित्ता शेयर ५ अर्ब ३८ करोड रुपैयाँ बराबरमा खरिद विक्री भएको बजारमा सिन्धु विकास बैंकको सर्वाधिक १६ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।