
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनुका साथै पश्चिम तराईका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात सेवामा असर पर्नसक्ने भएको हुँदा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्