२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादी पक्षको बहस सकियो


3.263k
Shares

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीहरुको बहस सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलाशमा भईरहेको थुनछेक बहस अन्तर्गत प्रतिवादीतर्फका कानून व्यावसायीहरुको बहस बुधबार सकिएको हो ।

बुधबार प्रतिवादीहरु कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङ पक्षको तर्फबाट कानून व्यावसायीहरु रामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए ।

अब जाहेरवालाको तर्फबाट जवाफी बहस हुनेछ भने त्यसपछि सरकारी वकिलहरुले जवाफी बहस गरेपछि इजलाशले प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने निर्णय गर्ने अदालत स्रोतले जनाएको छ ।