८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


शेयर बजारमा वृद्धि


208
Shares

काठमाडौं । साताको तेस्रो कारोबार दिन पनि शेयर बजार सामान्य अंकले बढेको छ ।

दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से ६ दशमलव ३८ अंकले बढेर २६५३ को विन्दुमा पुगेको छ ।

परिसूचकसँग कारोबार रकम पनि बढेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये ६ वटा उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव ७७ प्रतिशत बढेको छ ।

समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा चिरख्वा हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । तर सामुदायिक लघुवित्तको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

बुधबार ३०५ वटा स्टकको एक करोड ५५ लाख २ हजार कित्ता शेयर ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । कारोबार रकमका आधारमा आज न्यादी हाइड्रोपावरको सर्वाधिक २२ करोड ३ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।