
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूहले कला र फोटोग्राफीलाई न्याय गर्नसक्ने छुट्टै ऐन बनाउन माग गरेको छ ।
शुक्रबार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा कला र फोटोग्राफीमा प्रतिलिपी अधिकार विषयक अन्तरक्रिया कार्यक्रम गरी यस्तो माग गरेको हो ।
समूहले श्रम ऐन र पत्रकारहरुका लागि भनेर श्रमजीवि पत्रकार ऐन, २०५१ बनाएपनि यसले कला र फोटो पत्रकारीताको अधिकार सुनिीश्चत गर्न नसकेको पत्रकार महासंघका एशोसिएट प्रदेश अध्यक्ष रोयल आचार्यले बताउनुभयो । उहाँले कला र फोटो पत्रकारहरुका समस्या र मुद्दाहरु बोक्नसक्ने छुट्टै ऐन बनाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले फाटोग्राफरले आफ्नो स्म्पतीको सुरक्षा सर्वप्रथम आफैँले गर्नुपर्ने बताउनुभयो । अहिले विभिन्न प्रविधिहरु आइसकेको भन्दै त्यसमा आफ्नो फोटो प्रमाणित हुनेगरी राख्न आवश्यक रहेको बताउनुभयो ।
शुक्रबार काठमाडौंमा ललितकला प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनमा एकदिने अन्तरक्रिया कार्यक्रम भएको हो ।
प्रतिक्रिया दिनुहोस्