२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योल पक्राउ


0
Shares

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योल पक्राउ परेका छन् । भ्रष्टाचार अनुसन्धानको टोलीले आज राष्ट्रपति युनलाई राष्ट्रपति निवासबाट पक्राउ गरेको हो ।

महाभियोगको सामना गरिरहेका राष्ट्रपति युनलाई पक्राउ गर्ने पहिलो प्रयास विफल भएपछि गरिएको दोश्रो प्रयासमा उनलाई पक्राउ गरिएको हो ।

गत डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयास गरेसँगै यून सुकमाथि महाअभियोग लगाइ दक्षिण कोरियाको अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी लिई राष्ट्रपतिलाई पक्राउ गर्न पुगेको अनुसन्धानको टोलीलाई राष्ट्रपतिका समर्थकहरुले लखेटेपछि पक्राउ गर्न असफल भएको थियो ।

आज पुन युनलाई पक्राउ गर्न पुगेका अनुसन्धान टोलीलाई यूनको आधिकारिक निवास बाहिर रहेका हजारौं समर्थकले रोक्ने प्रयास गरेका थिए । यस क्रममा प्रहरी र राष्ट्रपतिका समर्थकबीच झडप भएको छ । झडपकाबीच अनुसन्धानको टोलीले युनलाई पक्राउ गर्न सफल भएको हो ।

युनका कानुन व्यवसायीहरुले भने महाभियोगको सामना गरिरहेका यूनलाई पदबाट हटाउन वा नहटाउने विषयमा महाभियोगको परीक्षणले तय गर्ने भन्दै उनलाई पक्राउ गर्न नहुने अडान लिइरहेकै बेला उहाँलाई पक्राउ गरिएको हो ।