३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


समाजवादी मोर्चाको बैठक सुरु


1.079k
Shares

काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरु भएको छ ।

बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालय आलोनगरमा बैठक सुरु भएको हो ।

बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

बैठकले पछिल्ला समसामयिक, राजनीतिक विषयहरुसहित सरकारले ल्याएको अध्यादेशबारे छलफल गर्ने बताइएको छ ।