
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् ।
नेपाल प्रहरीले उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले तामाङलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको जानकारी दिनुभएको छ ।
गत पुस २५ गतेको प्रहरी प्रतिवेदन तथा पुस २६ गतेको पशुपति क्षेत्र विकास कोषको जाहेरी पत्रको आधारमा प्रहरी वृत्त गौशालाले तामाङविरुद्ध पुस २८ अभद्र व्यवहार कसूर शीर्षकमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउ अनुमति लिएपछि तामाङलाई स्वयम्भु क्षेत्रबाट पक्राउ गरिएको हो
प्रहरी वृत्त गौशालामा उपस्थित गराइएका तामाङलाई आजै अदालत उपस्थित गराई म्याद थपको तयारी गरिएको छ । उनले हालै पशुपति क्षेत्र बिकास कोषका कर्मचारीहरुको आन्दोलनका क्रममा प्रहरी अधिकारीमाथि गरेको दव्र्यवहार गरेको आरोप पनि लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्