७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


शेयर बजारमा झिनो अंकको सुधार


195
Shares

काठमाडौं । पछिल्ला तीन दिन घटेको शेयर बजार बुधबार झिनो अंकले मात्रै सकारात्मक बनेको छ ।

दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से परिसूचक १ दशमलव ८३ अंक बढेर २५९५ दशमलव ९६ विन्दुमा पुगेको हो ।

परिसूचक सकारात्मक बने पनि कारोबार रकम भने गत सोमबारको तुलनामा पौन एक अर्बले घटेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये सात वटा उपसमूहको परिसूचक बढेको छ भने ६ वटाको परिसूचक घटेको छ ।

जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ७६ प्रतिशत बढ्दा होटल तथा पर्यटन उपसमूह साढे १ प्रतिशतले बढेको छ । वित्त उपसमूहको परिसूचक भने बुधबार सर्वाधिक ३ दशमलव ४८ प्रतिशतले घटेको छ । घटेको बजारमा पनि दोल्टी पावर जलविद्युतको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर न्यादी हाइड्रोको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

बुधबार दिनभरमा २९९ वटा स्टकको एक करोड सात लाख ४५ हजार कित्ता शेयर ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । कारोबार रकमका आधारमा बुधबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक ३२ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।