
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई जारी गर्नुभएको छ ।
सरकारले गत शुक्रबार सिफारिस गरेका पाँच वटा अध्यादेश मध्ये चार वटा अध्यादेश गत सोमबार जारी गरी भूमि सम्बन्धि अध्यादेश अध्ययनका लागि भन्दै रोकेका पौडेलले उक्त अध्यादेश बुधबार जारी गर्नुभएको हो ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्