२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


लागु औषध कारोबार गर्ने दुई महिला पक्राउ


13
Shares

सुनसरी । प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न दुई महिलालाई प्रहरीले सुनसरीको धरान उपमहानगरपालिकाबाट पक्राउ गरि सार्वजनिक गरेको छ ।

धरान उपमहानगरपालिका–१० पुतलीलाइनस्थित कृष्ण नेवारको घरमा डेरा गरि बस्ने दुईजना महिलालाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

नेवारको घरमा लागुऔषध कारोबार भइरहेको गोप्य सुचना पाएपछि छापा मार्दा लागुऔषध कारोबारमा संलग्न २७ वर्षिया मनिका विक र ३८ वर्षिया रेनुका लिम्बुलाई पक्राउ गरिएको डिएसपी तिमल्सिनाले बताउनुभयो ।

विकले कोठाको लोबेड माथि सुडकेशमा लुकाइराखेको प्रतिबन्धित लागुऔषध ट्रामाडोल २ हजार ५ सय क्याप्सुल बरामद गरिएको बताइएको छ ।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर घटनाको थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक कोमल ठाकुरले बताउनुभयो ।