१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छ : कुलमान घिसिङ


754
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी ¥यालीमा सहभागी हुँदै घिसिङले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएको बताउनुभयो ।

घिसिङले निजी सवारी साधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको बताउनुभयो । यात्रुवाहक सवारी साधनसमेत विद्युतीय हुँदै जानु भनेको ठूलो परिवर्तन भएको उहाँले बताउनुभयो ।

घिसिङले मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी ¥यालीले अभियानलाई ठूलो सहयोग पुगेको बताउनुभयो । उहाँले पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद बिक्री भएको बताउनुभयो । उहाँले विद्युतीय सवारी साधनको प्रोमोशन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने बताउनुभयो । यसका लागि देशभर आवश्यक विद्युतीय संरचनाहरु बनाउन जरुरी रहेको बताउनुभयो ।

घिसिङले विद्युतीय चार्जिङ स्टेशनहरु मुलुकभर बनाउन जरुरी रहेको बताउँदै उहाँले सरकारले निजी क्षेत्रले ठूलो सहुलियतसहित प्रोत्साहन गरेको बताउनुभयो । ६ सय बढी चार्जिङ स्टेशनहरु निजी क्षेत्रले मात्रै बनाएको उहाँले बताउनुभयो ।

घिसिङले भन्नुभयो, ‘देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरु बनाउन जरुरी छ । जसमा विद्युतीय चार्जिङ स्टेशनहरु बनाउन जरुरी छ । निजी क्षेत्रले ठूलो सहुलियतसहित प्रोत्साहन गरेका छौं । अहिले ६ सय बढी चार्जिङ स्टेशनहरु निजी क्षेत्रले मात्रै बनाएको छ । अझै देशभर बनाउन आवश्यक छ । अहिले निजी क्षेत्रबाट ५ सय चार्जिङ स्टेशनहरुको लागि आवदेन आएको छ । यसले रोजगारी पनि सिर्जना गरेको छ ।’

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युतलाई मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विद्युत उत्पादन वृद्धि भइरहेको भन्दै मुलुकभित्रै खपत बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले सबैले विद्युतीय सवारी साधन चढ्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्युतीय सामग्रीहरुको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।